१४, कार्तिक, भक्तपुर,
नृत्य निर्देशक संघ नेपाल (डिदान) भक्तपुर जिल्ला शाखाको आयोजना तथा नमस्ते ख्वप टिभी र नेपाल फोटो संसार प्रा.लि को सहकार्यमा शंखधर पार्टी प्यालेस ठिमी भक्तपुरमा कार्तिक १४ गते आइतबार शुभकामना आदानप्रदान ,बधाई तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ।
ठिमी नगरपालिकाका प्रमुख मदन सुन्दर श्रेष्ठको प्रमुख आतिथ्यता र डिदान भक्तपुर जिल्ला शाखाका अध्यक्ष चुडामणि फुयालको अध्यक्षतामा भएको सो कार्यक्रममा भक्तपुर जिल्लाका चार वटै नगरपालिकाका नव निर्वाचित प्याब्सन नगर कमिटीका सम्पूर्ण पदाधिकारीहरुलाई बधाई तथा सम्मान गरिएको हो ।
प्रमुख अतिथि मदन सुन्दर श्रेष्ठले नृत्य दिवस मध्यपुर ठिमी नगरपालिकाबाट सुरुवात गर्ने उद्घोष गर्दै उपस्थित सम्पूर्णलाई शुभ दीपावली तथा तिहारको उपलक्ष्यमा शुभकामना प्रदान गर्नुभयो ।
कार्यक्रममा विशेष अतिथि डिदानको केन्द्रीय अध्यक्ष भुवन दास श्रेष्ठ ,प्याब्सन केन्द्रीय सचिव भुवन लाल श्रेष्ठ ,प्याब्सन केन्द्रीय सह-कोषाध्यक्ष गणेश बाबु पोखरेल ,राष्ट्रिय टेलिभिजन प्रसारक संघका अध्यक्ष शंकर अधिकारीले शुभकामना मन्तव्य दिनुभएको छ ।
कार्यक्रममा डिदान भक्तपुर जिल्ला शाखाको राहत कोष तथा नमस्ते ख्वप टिभीको स्टुडियो निर्माणको लागि संघका अध्यक्ष चुडामणि फुयाल ,उपाध्यक्ष प्रदिप श्रेष्ठ ,दिल कृष्ण प्रजापति ,भुवन लाल श्रेष्ठ ,विनोद काफ्ले ,राम कुमार भट्टराई ,कृष्ण कार्की ,गणेश बाबु पोखरेल र अनिल न्यौपानेले आर्थिक सहयोग प्रदान गर्नुभएको थियो ।
त्यस्तै नव गठित नृत्य निर्देशक संघ नेपाल चन्द्रागिरी नगर कमिटिलाई प्रमुख अतिथि श्रेष्ठले बधाई पत्रद्वारा सम्मान गर्नुभएको थियो ।
कार्यक्रममा केन्द्रीय पदाधिकारी ,काठमाडौं जिल्ला शाखाका पदाधिकारीहरु ,ललितपुर जिल्ला शाखाका पदाधिकारी र चन्द्रागिरी नृत्य कलाकर्मी संघका पदाधिकारीहरु लगायत भक्तपुर जिल्लाका करिव ५० जना प्रिन्सिपलहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रम सञ्चालन नृत्य निर्देशक संघ नेपाल भक्तपुर जिल्ला शाखाका कोषाध्यक्ष रञ्जना सितिखु तथा नमस्ते ख्वप टिभीका प्रबन्ध निर्देशक ऋषिकेश श्रेष्ठले गर्नु भएको थियो ।
कार्यक्रम समापन गर्दै नृत्य निर्देशक संघ भक्तपुर जिल्ला शाखाका अध्यक्ष चुडामणि फुयालले कार्यक्रम सफल पार्न सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद दिदै कार्यक्रम समाप्तिको घोषणा गर्नुभएको थियो ।
0 comments: