Showing posts with label News. Show all posts
Showing posts with label News. Show all posts

साउन २० गतेभित्र भक्तपुरमा राखिएका तारहरू व्यवस्थित गर्न निर्देशन

 २०७९ साउन १२ गते, बिहीबार

साउन २७ देखि सुरु हुने सापारु (गाईजात्रा) पर्वलाई व्यवस्थित र मर्यादित रुपमा सम्पन्न गर्न भक्तपुरको गाईजात्रा प्रदक्षिणा मार्गमा रहेका विद्युत, टेलिफोन, इन्टरनेट र केबुल नेटवर्कका तारहरु व्यवस्थित गर्ने विषयमा बिहीबार सरोकारवालाहरुको बैठक बसेको छ ।

 भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बसेको सो बैठकले भक्तपुरको सापारु पर्वलाई व्यवस्थित र मर्र्यादित रुपमा सञ्चालन गर्न सरोकारवाला सबैलाई गाईजात्रा प्रदक्षिणा मार्ग र महत्वपुर्ण चोक तथा सडकहरूमा अस्तव्यस्त रुपमा राखिएका तारहरू यही २०७९ साउन २० गतेभित्र सम्बन्धित पक्षले आ–आफ्ना तारहरू व्यवस्थापन गर्ने निर्णय गरेको हो ।

 भक्तपुर नगरमा अस्तव्यस्त राखिएका तारहरूको व्यवस्थापनमा आवश्यक समन्वय तथा अनुगमन कार्य गर्न भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वको संयोजकत्वमा सात सदस्यीय समिति गठन गर्ने निर्णय गर्यो ।

 उक्त बैठकले साउन २० गतेभित्र निर्णय कार्यान्वयन नभए नगरपालिकाले नै अस्तव्यस्त तारहरू हटाउने र त्यस क्रममा हुने खर्च तथा जरिवाना सम्बन्धित पक्षबाट असुल उपर गर्ने निर्णय गरियो ।

 बैठकले गाईजात्रा अवधिभर लोडसेडिङ नगर्न नेपाल विद्युत प्राधिकरणसँग अनुुरोध गर्ने र गाईजात्रा पर्वमा प्रदर्शन गरिने, घिन्ताङघिसी नाच तथा सांस्कृतिक प्रदर्शनीहरू देश-विदेशका सबै नागरिकले सहज ढंगबाट अवलोकन गर्न पाउने सुविधाको लागि टेलिभिजन, सामाजिक सञ्जालमार्फत प्रत्यक्ष प्रसारणको व्यवस्था गर्न सबैलाई अनुरोध गर्ने निर्णय गरेको थियो ।

साभार : भक्तपुर नगरपालिका फेसबुक पेज 




भक्तपुर नपाको रेडियो कार्यक्रम ‘ख्वप सः’ पाँचौं वर्षमा प्रवेश

 भक्तपुर, ९ साउन ।

भक्तपुर नगरपालिकाको रेडियो कार्यक्रम ‘ख्वप सः’ को वार्षिक कार्यक्रम सोमबार एक समारोहबिच सम्पन्न भयो ।

  ‘ख्वप सः’ सञ्चालनको ४ वर्ष पूरा भई पाँचौं वर्षमा प्रवेश गरेको अवसरमा आयोजित उक्त कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले यस कार्यक्रम मार्फत भक्तपुर र देशका अन्य नगरपालिकाबिच शिक्षा, स्वास्थ्य, विकास निर्माणलगायत विविध पक्षमा अनुभव आदानप्रदान गरिरहनुपर्ने आवश्यकता औंल्याउनुभयो ।

यसै क्रममा भक्तपुर नगरपालिकाले 'ख्वप टीभी' सञ्चालनको लागि भैरहेको प्रयासको प्रसंसा गर्दै यसले भक्तपुरको गतिविधि विश्व समुदायमा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

 अतिथि बिजुक्छेंले ख्वप सः कार्यक्रमका प्रस्तोता र प्राविधिक सहयोगीहरूलाई प्रशंसापत्र र मायाको चिनो वितरण गर्नुभयो ।

 नेमकिपाका सचिव एवम् सांसद प्रेम सुवालले आर्थिक अनुशासन, पारदर्शिता र जनश्रमदान भक्तपुर नपाको विशेषता रहेको चर्चा गर्दै जनप्रतिनिधिको अनुपस्थितिमा पनि कर्मचारीहरूले नगर र नगरवासीको इमानदारीपूर्वक काम गर्नुपर्नेमा जोड दिनुभयो ।

 भनपाको मिडियाले नागरिकको नागरिक र सांस्कृतिक भावना उजागर गर्न सहयोग मिल्ने विश्वास व्यक्त गर्दै सांसद सुवालले झूट र भ्रमलाई चिर्नुका साथै सत्यतथ्य घटनालाई उजागर गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । 

 उहाँले भन्नुभयो, “ज्येष्ठ नागरिकको अनुभव लिपिबद्ध गरी भनपाको सञ्चारमाध्यमले प्रसारण गर्नुपर्छ ।” 

 भनपाका प्रमुख एवं कार्यक्रमका सभापति सुनिल प्रजापतिले संविधान प्रदत्त मौलिक हकको सदुपयोग गर्दै भक्तपुर नपाले रेडियो कार्यक्रम ‘ख्वप सः’ सुरु गरेको बताउनुभयो ।

 भनपाका हरेक सूचना र गतिविधि सञ्चारमाध्यममार्फत प्रचारप्रसार भएकै कारण भक्तपुरवासीलगायत अन्यले समेत भनपाले गरिरहेको गतिविधिबारे जानकारी पाइरहेको उल्लेख गर्नुभयो ।

 उहाँले भन्नुभयो, पुँजीवादी प्रेस वा सञ्चार स्वतन्त्रताको अर्थ सञ्चारगृहमाथि  पुँजीति वर्गको नियन्त्रण वा कब्जा हुने गर्छ ।  पुँजीपति वर्गको चाहनाअनुसार सञ्चारमाध्यमले प्रचारप्रसार गर्छ । ती सञ्चार माध्यमहरू  पुँजीपति वर्गको स्वार्थ सिद्ध गर्ने हतियार बन्छन् ।”

 भनपाका उपप्रमुख रजनी जोशीले भनपाको सूचना जनतामाझ प्रवाह गर्न ‘ख्वप सः’ कार्यक्रम सञ्चालन गरिएको उल्लेख गर्दै आगामी दिनमा नयाँ नयाँ  शिक्षामूलक कार्यक्रम प्रसारणमा निरन्तरता दिने विश्वास दिलाउनुभयो ।

 बाग्मती प्रदेश सञ्चार रजिष्ट्रार रेवतीप्रसाद सापकोटाले सूचना ज्ञानको स्रोत हो, यसलाई शक्तिमा रुपान्तरण गर्नु हाम्रो कर्तव्य हो भन्नुभयो ।

 भनपाको अभ्यास अन्य स्थानीय तहको लागि सिक्नलायक हुने विचार व्यक्त गर्दै उहाँले पत्रकार कलम बोक्ने सिपाहीं हुन् भन्नुभयो ।

 प्रा.डा. पुरुषोत्तमलोचन श्रेष्ठले सम्पदाहरूको अभिलेखीकरण गर्न सके पुनः संरक्षण गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्दै भक्तपुरको दरबार सङ्गीतमय दरबारको रुपमा रहेको अध्ययन–अनुसन्धानले पुष्टि गरेको छ भन्नुभयो ।

उहाँले भन्नुभयो, “पचपन्न झ्याल दरबारभित्रका भित्तेचित्रहरू विश्वश्रेणीका चित्रहरू हुन् ।”

 कार्यक्रममा भनपा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले स्वागत मन्तव्य दिनुभयो भने भनपाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले धन्यवाद ज्ञापन गर्नुभयो ।



साभार : भक्तपुर नगरपालिका फेसबुक पेज 

बायोका डान्सीङ आडडोल २०७९ को शिल्ड समिक्षा र सुस्मितालाई

असार १५ तथा राष्ट्रिय धान दिवसको उपलक्ष्यमा बायोका कम्युनिटी स्कुलले बायोका डान्सीङ आडडोल २०७९ सिजन १ को फाइनल कार्यक्रम तथा नयाँ विद्यार्थी र शिक्षक शिक्षिका लाई स्वागत कार्यक्रम सम्पन्न गरेको छ।

बायोका डान्सिङ आइडोलमा जुनियरतर्फ समिक्षा तामाङ ,प्रतिमा तामाङ र प्रिन्सा तामाङ क्रमश प्रथम ,द्वितीय र तृतीय हुन सफल भएका थिए ।

सिनियर तर्फ सुस्मिता तामाङ सोनिसा श्रेष्ठ र रेस्मा नगरकोटी क्रमश प्रथम द्वितीय र तृतीय हुन सफल भएका थियो ।प्रमुख अतिथिले विजयी विद्यार्थीहरुलाई शिल्ड र प्रमाण पत्र प्रदान गर्नुभएको थियो ।

बिद्यालयका प्रिन्सिपल गोपाल श्रेष्ठको सभापतिमा सम्पन्न उक्त कार्यक्रममा कागेश्वरि मनोहरा नगरपालिका वडा नम्बर २ का अध्यक्ष सुरज खड्का प्रमुख अतिथि रहनु भएको थियो ।

त्यस्तै अन्य अतिथिहरुमा विद्यालयका निर्देशक अंन्जित श्रेष्ठ विद्यालय व्यवस्थापन समिति सदस्य बाल कृष्ण श्रेष्ठ महेन्द्र श्रेष्ठ ,प्रल्हाद बस्नेत र रामेश्वर श्रेष्ठको उपस्थित रहेको थियो । निर्णायकमा नृत्य निर्देशक संघ नेपाल भक्तपुर जिल्ला शाखाका सदस्य नृत्य निर्देशक आशिष राई रहनु भएको थियो ।

कार्यक्रममा शुभकामना मन्तव्य विद्यालयका सहायक प्रिन्सिपल सुरेश श्रेष्ठले दिनु भएको थियो ।

कार्यक्रम सञ्चालन नृत्य शिक्षक चुडामणि फुयाल ,ईसिए कोअडिनेटर दिपेन्द्र थामी र विद्यार्थी निशा श्रेष्ठले गर्नुभएको थियो ।

कार्यक्रममा मन्तव्य दिदै अतिथिहरुले विद्यालयमा अतिरिक्त क्रियाकलापले गर्दा विद्यार्थीहरुमा राम्रो प्रभाव हुने भएकोले आगामी दिनमा पनि यस्तो कार्यक्रम लाई निरन्तर गरिरहन सल्लाह दिनु भएको थियो ।

आफ्नो मन्तव्य राख्ने क्रममा सायुदायिक विद्यालयलाई नृत्य र गायनको लागि वडा बाट पुर्ण रुपले  सहयोग गर्ने बताउनु भएको छ।

सभापति गोपाल श्रेष्ठले कार्यक्रम सफल पार्न सहयोग गर्न सम्पूर्ण विद्यार्थी ,शिक्षक तथा कर्मचारी लाई धन्यवाद दिदै कार्यक्रम समापन भएको घोषणा गर्नुभएको थियो ।



नेपालको प्रथम राष्ट्रिय नृत्य दिवस सम्पन्न

२०७८ फागुण ०६,

मध्यपुर थिमी नगरपालिकको सहकार्य र नृत्य निर्देशक संघ नेपालको आयोजनामा शुक्रबार प्रथम राष्ट्रिय नृत्य दिवस सम्पन्न गरेको छ ।

कार्यक्रमको सुभारम्भमा थिमीको शंखधर साख्वाः चोकमा बिभिन्न जातजातीको भेषभूषा झल्किने पहिरणमा लामबद्ध कलाकारहरु र नगर प्रमुख मदनसुन्दर श्रेष्ठको आगमनसँगै आकाशबाट हेलिकप्टरले पुष्पबृष्टि गरेसँगै रिवन काटेर उद्घाटन गरेको हो । उदघाटन पछि बिभिन्न पहिरणका झाँकीसहितको र्याली बालकुमारी, दुईपोखरी, बाहखा बजार, नगदेश बोडे हुदैँ थिमिको ऐतिहासिक एवं धार्मिक महत्व रहेको कुमारी मन्दिर परिसरमा गएर नृत्य महोत्सवमा परिणत भएको हो ।

नेवार, थारु, मैथली, भोजपुरी, लगायत देशका विभिन्न ४० स्थानबाट आएका कलाकारहरुले आफ्नो मौलिक नृत्य प्रस्तुत गरेको सो कार्यक्रममा स्थानिय परम्परागत नृत्य गुरु श्रीगोपाल प्रजापति र वरिष्ठ नेत्य गुरु भैरव बहादुर थापालाई नगद पुरस्कार सहित विशेष सम्मान गरेको छ ।

कार्यक्रममा बोल्दै मध्यपुरथिमि नगरपालिकाका प्रमुख श्रेष्ठले धार्मिक, साँस्कृतिक एवं ऐतिहासिक महत्व बोकेको मध्यपुरथिमि नगरपालिकाको बोडेस्थित कुमारी पार्कमा नेपालकै प्रथम राष्ट्रिय नृत्य दिवसको आयोजना गर्न पाउनु आफैमा गौरब भएको बताउनु भयो ।

उहाँले दुई वर्ष अगाडिसम्म फोहोर फाल्ने डम्पिङ् साइडको रुपमा रहेको यो क्षेत्रमा वर्षको एक पटक बिस्का जात्रामा मात्रै जात्रा सञ्चालन गर्न आउने गरिएकोमा नगरपालिकाले यसलाई संरक्षण गरि कुमारी पार्कको रुपमा बिकास गरेपछि आज दैनिक यो क्षेत्र हेर्न, घुम्न आन्तरिक पर्यतकको संस्था बढ्न थालेकोे र म्युजिकि भिडियोको छायांकन समेत हन थालेको देखेर आफू जनप्रतिनिधि भएर समय खेर नगएको महसुस भएको उहाँले बताउनु भयो ।

नृत्य निर्देशक संघ नेपालका केन्द्रीय अध्यक्ष भुवनदास श्रेष्ठले नेपालमै पहिलो पटक राष्ट्रिय नृत्य दिवस मनाउन यस फागुन ०६ गतेबाट सुरु भएको र यसलाई मध्यपुरथिमि नगरपालिकाले सहयोग गरेकाले हरेक वर्ष मनाइने यो दिवसमा यस नगरपालिकालाई बिर्सन नसक्ने बताउनु भयो ।

सो कार्यक्रममा देशभरका ५४० जना नृत्य निर्देशक एवं कलाकारहरुसँगै प्याब्सन अन्तर्गत मध्यपुरथिमिका बिभिन्न बिद्यालयबाट आएको बिद्यार्थीहरुको सहभागिता रहेको थियो ।



भक्तपुरको नृत्य वत्सला मन्दिर पुनः निर्माण

 २०७२ वैशाख १२ गतेको भूकम्पबाट पूर्ण क्षति भएको मन्दिर पुनः निर्माणको क्रममा शनिबार भक्तपुरको दरबार क्षेत्रमा अवस्थित ‘नृत्य वत्सला मन्दिर’ एक समारोहबीच उद्घाटन गरेको छ ।

भक्तपुर नगरपालिकाको बजेटमा पुनःनिर्माण गरिएको सो मन्दिरको उदघाटन गर्दै नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले भक्तपुर नगरपालिकाद्वारा प्रकाशित नृत्य वत्सला मन्दिरसम्बन्धी ‘नृत्य वत्सला मन्दिर पुनःनिर्माण २०७८’ पुस्तक पनि सार्वजनिक गर्नुभयो ।

कार्यक्रममा अध्यक्ष बिजुक्छेँले ढुंगै ढुंगाले बनेको शिखर शैलीका वत्सला मन्दिर पुनःनिर्माणले भक्तपुर नगरलाई थप जीवन्त बनाएको बताउनुहुँदै भक्तपुर नगरपालिकाले गरेको सम्पदा संरक्षण देशकै लागि गौरवको विषय भएको बताउनुभयो ।

नेपालका प्राचीन र ऐतिहासिक सम्पदा संरक्षण र जीर्णोद्धारमा केन्द्र सरकार उदासीन भएको बताउनु हुँदै उहाँले स्थानीय तहलाई अधिकार सम्पन्न बनाए जनताको मर्मअनुरुप काम गर्न सहज हुने बताउनुभयो ।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले वत्सला मन्दिर पुनःनिर्माणको लागि भक्तपुर नगरपालिकाले रु. १ करोड २८ लाख ६२ हजार लगत इस्टमेट पारित गरेको र उपभोक्ता समितिमार्फत आवधिक योजनामा समावेश गरी काम गर्दा रु. ७७ लाख १३ हजार खर्चमै पुनःनिर्माण सम्पन्न भएको  अवगत गराउनुभयो ।

भक्तपुर नगरपालिकाले पर्यटक शुल्कको अधिकांश रकम सम्पदा संरक्षण, शिक्षा र स्वास्थ्य जस्ता विषयहरुमा खर्च गर्दै आएको बताउनुहुँदै उहाँले विदेशी सहयोग, गैरसरकारी संस्था –एनजीओ) र अन्तर्राष्ट्रिय गैरसरकारी सङ्घ संस्था (आइएनजिओ)हरूको सहयोगबिना पनि स्थानीय जनताकै सहयोगमा सम्पदाहरूको जीर्णोद्धार र पुनःनिर्माण सम्भव छ भन्ने कुरा भक्तपुर नगरपालिकाले पुष्टि गर्दै आएको बताउनुभयो ।




एम्बिसन एकेडेमीको पुरस्कार वितरण कार्यक्रम सम्पन्न

 २०७८ मंसिर २४, भक्तपुर। 

कोरोना महामारी बढेसँगै भौतिक रुपमा पठन-पाठन बन्द रहेको विद्यालय सञ्चालनमा आए पछि एम्बिसन एकेडेमीले बिगतमा गरेका विभिन्न प्रतियोगितात्मक कार्यक्रमहरुको पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ । 

कोरोनाले विश्वलाई नै आक्रान्त पारेको अवस्थामा पनि विद्यार्थीहरूको प्रतिभालाई प्रस्फुटन गराउने उद्देश्यले विभिन्न समयमा अनलाइन डान्स प्रतियोगिता सञ्चालन गरेकाे थियाे । प्रत्यक वर्ष निरन्तरता  दिने गरी सुरु गरिएकाे एम्बिसन डान्सिङ स्टार सिजन 2 को सुरुवातीसँगै भौतिक रुपमा बिद्यालय बन्द भएपछी अनलाइन प्रबिधि मार्फत सो प्रतियोगिता सम्पन्न गरि मङ्सिर २४ गते शुक्रबारको कार्यक्रममा विद्यालयका प्रिन्सिपल विष्णुकुमार घिमिरेले पुरस्कार वितरण गरिएको हो ।

गत वर्ष महामारीको कम प्रभाब भएपछी केही महिना भौतिक रुपमै विद्यालय सञ्चालन हुँदाका Inter House Quiz Competition, House Captain, School Captainर School Vice Captain तथा Class Captain हरूलाई पनि ब्याच वितरण गरिएको हो ।

विद्यालयको प्राङ्गणमा सम्पन्न उक्त कार्यक्रममा विभिन्न कक्षाका विद्यार्थीहरूले लोक तथा आधुनिक नृत्यसमेत प्रस्तुत गरेका थिए । साथै 

विद्यालयका नृत्य प्रशिक्षक चुडामणि फुयालले सो नृत्य तयार गरेको हो र अनलाइन डान्स प्रतियोगिताका निर्णायक नृत्य निर्देसक संघ भक्तपुर शाखाको सह-काेषाध्यक्ष अष्टमान लामा तामाङलाई विद्यालयकाे तर्फबाट मायाको चिनो प्रदान गरिएकाे थियाे ।



डिदान भक्तपुर जिल्ला शाखाद्वारा शुभकामना आदानप्रदान

१४, कार्तिक, भक्तपुर,

नृत्य निर्देशक संघ नेपाल (डिदान) भक्तपुर जिल्ला शाखाको आयोजना तथा नमस्ते ख्वप टिभी र नेपाल फोटो संसार प्रा.लि को सहकार्यमा शंखधर पार्टी प्यालेस ठिमी भक्तपुरमा कार्तिक १४ गते आइतबार शुभकामना आदानप्रदान ,बधाई तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ।

ठिमी नगरपालिकाका प्रमुख मदन सुन्दर श्रेष्ठको प्रमुख आतिथ्यता र डिदान भक्तपुर जिल्ला शाखाका अध्यक्ष चुडामणि फुयालको अध्यक्षतामा  भएको सो कार्यक्रममा भक्तपुर जिल्लाका चार वटै नगरपालिकाका नव निर्वाचित प्याब्सन नगर कमिटीका सम्पूर्ण पदाधिकारीहरुलाई बधाई तथा सम्मान गरिएको हो ।

प्रमुख अतिथि मदन सुन्दर श्रेष्ठले नृत्य दिवस मध्यपुर ठिमी नगरपालिकाबाट सुरुवात गर्ने उद्घोष गर्दै उपस्थित सम्पूर्णलाई शुभ दीपावली तथा तिहारको उपलक्ष्यमा शुभकामना प्रदान गर्नुभयो ।

कार्यक्रममा विशेष अतिथि डिदानको केन्द्रीय अध्यक्ष भुवन दास श्रेष्ठ ,प्याब्सन केन्द्रीय सचिव भुवन लाल श्रेष्ठ ,प्याब्सन केन्द्रीय सह-कोषाध्यक्ष गणेश बाबु पोखरेल ,राष्ट्रिय टेलिभिजन प्रसारक संघका अध्यक्ष शंकर अधिकारीले शुभकामना मन्तव्य दिनुभएको छ ।

कार्यक्रममा डिदान भक्तपुर जिल्ला शाखाको राहत कोष तथा नमस्ते ख्वप टिभीको स्टुडियो निर्माणको लागि संघका अध्यक्ष चुडामणि फुयाल ,उपाध्यक्ष प्रदिप श्रेष्ठ ,दिल कृष्ण प्रजापति ,भुवन लाल श्रेष्ठ ,विनोद काफ्ले ,राम कुमार भट्टराई ,कृष्ण कार्की ,गणेश बाबु पोखरेल र अनिल न्यौपानेले आर्थिक सहयोग प्रदान गर्नुभएको थियो ।

त्यस्तै नव गठित नृत्य निर्देशक संघ नेपाल चन्द्रागिरी नगर कमिटिलाई प्रमुख अतिथि श्रेष्ठले बधाई पत्रद्वारा सम्मान गर्नुभएको थियो ।

कार्यक्रममा केन्द्रीय पदाधिकारी ,काठमाडौं जिल्ला शाखाका पदाधिकारीहरु ,ललितपुर जिल्ला शाखाका पदाधिकारी र चन्द्रागिरी नृत्य कलाकर्मी संघका पदाधिकारीहरु लगायत भक्तपुर जिल्लाका करिव ५० जना प्रिन्सिपलहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रम सञ्चालन नृत्य निर्देशक संघ नेपाल भक्तपुर जिल्ला शाखाका कोषाध्यक्ष रञ्जना सितिखु तथा नमस्ते ख्वप टिभीका प्रबन्ध निर्देशक ऋषिकेश श्रेष्ठले गर्नु भएको थियो ।

कार्यक्रम समापन गर्दै नृत्य निर्देशक संघ भक्तपुर जिल्ला शाखाका अध्यक्ष चुडामणि फुयालले कार्यक्रम सफल पार्न सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद दिदै कार्यक्रम समाप्तिको घोषणा गर्नुभएको थियो ।



(DDAN) भक्तपुर जिल्ला शाखाद्वारा बधाई तथा सम्मान कार्यक्रम सम्पन्न

भक्तपुर,

नृत्य निर्देशक संघ नेपाल (DDAN) भक्तपुर जिल्ला शाखाले भाद्र ५ गते काठमाडौं जिल्ला शाखाका सम्पूर्ण नव निर्वाचित कार्यसमिति पदाधिकारीहरुलाई बधाई तथा सम्मान कार्यक्रम बालकोट भक्तपुरमा सम्पन्न गरेको छ। 

सुर्यविनायक नगरपालिका वडा नम्बर ३ का अध्यक्ष शिव सरण खत्रीज्यूको प्रमुख आतिथ्यता र केन्द्रीय वरिष्ठ उपाध्यक्ष प्रदिप मान श्रेष्ठको बिशेष आतिथ्यतामा श्रावण २३ गते निर्वाचित पदाधिकारीहरुलाई सम्मान गरिएको थियो ।

काठमाडौं जिल्ला शाखा बाट अध्यक्ष बुद्ध लाम ,उपाध्यक्ष ,महेश थापा ,सचिव देवराज गुरुङ ,सह-सचिव छिरिङ लामा ,कोषाध्यक्ष ममता राई,सह-कोषाध्यक्ष निरु फुयाल ,सदस्य अनिल भुजेल ,पुर्ण लामा ,संमृद्धि पन्त ,लक्ष्मी पुरि,विकास भारतीको उपस्थित रहेको थियो ।

कार्यक्रममा सुर्यविनायक नगरपालिका वडा नम्बर ३ का सदस्य तथा समाजसेवी श्री प्रभु भक्त माडी श्रेष्ठ तथा केन्द्रीय महासचिव नृप ध्वज खत्री ,केन्द्र सह-कोषाध्यक्ष केशव कोईराला ,केन्द्रीय प्रवक्ता ऋषिकेश श्रेष्ठलाई अतिथिको रुपमा आशन ग्रहण गराइएको थियो ।

कार्यक्रममा उपाध्यक्षद्वय प्रदिप श्रेष्ठले स्वागत मन्तव्य र नारायणी थापामगरले बधाई मन्तब्य राख्नुभएको थियो । सोहि क्रममा ललितपुर जिल्ला शाखाबाट सचिव मिनर्वा शर्मा ,काठमाडौं जिल्ला शाखाका बुद्ध लामा ,केन्द्रीय प्रवक्ता ऋषिकेश श्रेष्ठ ,केन्द्रीय सह-कोषाध्यक्ष केशव कोईराला ,केन्द्रीय महासचिव नृत्य ध्वज खत्री तथा समाजसेवी प्रभु भक्त माडी श्रेष्ठले शुभकामना मन्तव्य दिनुभएको थियो । 



प्रमुख अतिथि तथा विशेष अतिथिले नव निर्वाचित काठमाडौं जिल्ला शाखाका सम्पूर्ण कार्यसमिति पदाधिकारीहरुलाई सम्मान गर्नुभएको थियो । 

प्रमुख अतिथि शिव शरण खत्रीज्यूले नृत्य देशका गहना भएकोले आफ्नो कला र संस्कृतिको जगेर्ना गर्दै अगाडि बढन आग्रह गर्दै सम्पूर्ण सम्मानित व्यक्तिहरुलाई बधाई तथा शुभकामना दिनुभएको थियो ।

त्यस्तै विशेष अतिथि केन्द्रीय वरिष्ठ उपाध्यक्ष प्रदिप मान श्रेष्ठले यस्तो प्रकारको कार्यक्रम गर्नाले कलाकारहरुबीचमा आत्मियता बढने भन्दै आयोजकलाई धन्यवाद ज्ञापन गर्दै सम्मानित सम्पूर्णलाई सफल कार्यकालको शुभकामना दिनुभएको थियो ।

(DDAN) भक्तपुर जिल्ला शाखाका सह-सचिव मेरिका राईले सञ्चालन गरेको सो कार्यक्रममा सभापति चुडामणि फुयालले कार्यक्रम सफल पार्न सहयोग गर्ने सम्पूर्ण कार्यसमिति पदाधिकारी लगायत प्रत्यक्ष-अप्रत्यक्ष रुपमा सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

डिडान भक्तपुर जिल्ला शाखाको अध्यक्ष्यमा फुयाल


 

भक्तपुर,

नृत्य निर्देशक संघ नेपाल (डिडान) भक्तपुर जिल्ला शाखाको चौथो साधारण सभा तथा दोस्रो अधिवेशन साउन १६ शनिबार गठ्ठाघरको चिकेन स्टेशनमा सम्पन्न भएको छ ।

डिडान भक्तपुर जिल्ला शाखाको अध्यक्ष दिपक बज्राचार्य ज्युको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा विशेष अतिथि नृत्य निर्देशक संघ नेपालका केन्द्रीय अध्यक्ष भुवन दास श्रेष्ठ रहनु भएको थियो । प्रमुख अतिथि मध्यपुर थिमि नगरपालिकाका नगर प्रमुख मदन सुन्दर श्रेष्ठ रहनु भएको थियोे ।

उक्त कार्यक्रममा प्रमुख अतिथि मदन सुन्दर श्रेष्ठले कोभिड-१९ को समयमा नमस्ते ख्वप टिभी तथा डिडान भक्तपुर जिल्ला शाखाकाले निस्वार्थ रुपमा राहत वितरण गरि बिपन्न वर्गलाई सहयोग प्रदान गरेकोमा प्रसंसा गर्नुका साथै सो कार्यमा सहभागी सम्पूर्ण पदाधिकारीहरुलाई सम्मान गर्नुका गर्नु भएको थियो।

कोभिड-१९ ले जनजीवन कर्श्टपुर्न रहेको समयमा राहत अभियानमा ज्यानको पर्वाह नगरि अग्रपंक्तिमा बसेर सेवा गर्ने डिडान भक्तपुर जिल्ला शाखाका चुडामणि फुयाल ,रञ्जना सितिखु ,समीर शंखदेव र नमस्ते ख्वप टिभीका प्रबन्ध निर्देशक ऋषिकेश श्रेष्ठ लाई विशेष सम्मान गरिएको थियोे ।

प्रमुख अतिथि मदन सुन्दर श्रेष्ठले डिडानले नेपालको सास्कृतिक विधामा ठुलो योगदान गरिरहेको स्मरण गर्दै  राष्ट्रिय नृत्य महोत्सव २०७८ लाई पनि भक्तपुरमा सभ्य र भब्य बनाउन मध्यपुर थिमी नगरपालिका मार्फत सहयोग गर्ने बताउनु भएको थियो ।

त्यसैगरी TikTok Star Male 2020 बाट पुरस्कृत हुनुभएको समीर शंखदेवलाई सम्मान गरिनुका साथै सो वार्षिक कार्यक्रम गर्नको लागि गट्ठाघर स्थित चिकेन स्टेसनले स्थान उपलब्ध गराई सहयोग गरेकोमा धन्यबाद सहित सम्मान गर्नुभएको थियो ।

डिडान भक्तपुर जिल्ला शाखाका सदस्यहरुबाट  मञ्जुश्री ,कौडा र झ्याउरे लगायतका सास्कृतिक प्रस्तुत समेत रहेको सो कार्यक्रममा संघका अध्यक्ष दिपक बज्राचार्य ,सचिव चुडामणि फुयाल तथा कोषाध्यक्ष प्रदिप श्रेष्ठले संघको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा नृत्य निर्देशक संघ नेपालका केन्द्रीय वरिष्ठ उपाध्यक्ष प्रदिप मान श्रेष्ठ , महासचिव नृपध्वज खत्री ,सह-कोषाध्यक्ष केशव कोईराला तथा केन्द्रीय प्रवक्ता ऋषिकेश श्रेष्ठज्युको उपस्थिति रहेको थियो ।

काठमाडौं जिल्ला शाखाबाट अध्यक्ष बुद्ध लामा ,सचिव देवराज गुरुङ ,सह-कोषाध्यक्ष छिरिङ लामा,सदस्य अनिल भुजेल ,निरु फुयाल ,पुर्ण लामा ,लक्ष्मी पुरी ,विकास भारतीको उपस्थिति रहेको थियो । ललितपुर जिल्ला शाखाका सह-सचिव सुरेन्द्र देसार,सदस्य रचना महर्जन तथा विमला महर्जनको उपस्थिति रहेको थियो । काभ्रे जिल्ला शाखा बाट सह-सचिव रविन्सन श्रेष्ठको उपस्थिति रहेको थियो ।

रेडियो हिमालयनका प्रबन्ध निर्देशक रमेश गिरी ,सञ्चारकर्मी सागर गुरागाई, लायन्स क्लब अफ नमस्ते भक्तपुरका चार्टड प्रेसिडेन्ट रुकेस रंजित ,सचिव अनिल न्यौपाने, चाणक्य स्कुलका प्रिन्सिपल गणेश पोखरेल लगायतका बिशिस्ठ व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा काभ्रे जिल्ला शाखाका सह-सचिव रविन्सन श्रेष्ठ, ललितपुर जिल्ला शाखाका सह-सचिव सुरेन्द्र देसार,केन्द्रीय प्रवक्ता ऋषिकेश श्रेष्ठ काठमाडौं जिल्ला अध्यक्ष बुद्ध लामा केन्द्रीय महासचिव नृपध्वज खत्री र लायन्स क्लब अब नमस्ते भक्तपुरका चार्टड प्रेसिडेन्ट रुकेश रंजितले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा नृत्य प्रस्तुत गर्ने कलाकार लाई विशेष अतिथि ले प्रसंशा पत्र प्रदान गर्नुभएको थियो ।

निर्वाचन अधिकृत गोविन्द पाण्डेको संयोजनमा सम्पूर्ण उम्मेदवार निर्विरोध निर्वाचित हुनुभएको थियो । सम्पूर्ण नयाँ कार्यसमिति सदस्यहरुलाई केन्द्रीय अध्यक्ष भुवन दास श्रेष्ठले पद तथा गोपनियताको सफद ग्रहण गराएको थियो । श्रेष्ठ भक्तपुर जिल्ला शाखाले गर्दै आएको कामको प्रसंशा गर्दै आउने नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना  दिनुभएको थियो । 

कार्यक्रममा नि-वर्तमान अध्यक्ष दिपक बज्राचार्यले नयाँ कार्यसमितिको अध्यक्षलाई सम्पूर्ण जिम्मेवारी हस्तान्तरण गर्दै बधाई तथा शुभकामना ब्यक्त गर्नुभएको थियो। 

डिडान भक्तपुर जिल्ला शाखाको नयाँ कार्यसमिति :

अध्यक्ष :चुडामणि फुयाल

उपाध्यक्ष :नारायणी थापा मगर

उपाध्यक्ष :प्रदिप श्रेष्ठ

सचिव : समीर शंखदेव प्रजापति

सह-सचिव :मेरिका राई

कोषाध्यक्ष :रञ्जना सितिखु

सह-कोषाध्यक्ष :अष्ट मान लामा

सदस्य :तुल्सी राम श्रेष्ठ

सदस्य :राजेश कमल क्षेत्री

सदस्य :परमेश्वरि कायस्थ

सदस्य :राजकुमार चक्रधर