२०७८ फागुण ०६,
मध्यपुर थिमी नगरपालिकको सहकार्य र नृत्य निर्देशक संघ नेपालको आयोजनामा शुक्रबार प्रथम राष्ट्रिय नृत्य दिवस सम्पन्न गरेको छ ।
कार्यक्रमको सुभारम्भमा थिमीको शंखधर साख्वाः चोकमा बिभिन्न जातजातीको भेषभूषा झल्किने पहिरणमा लामबद्ध कलाकारहरु र नगर प्रमुख मदनसुन्दर श्रेष्ठको आगमनसँगै आकाशबाट हेलिकप्टरले पुष्पबृष्टि गरेसँगै रिवन काटेर उद्घाटन गरेको हो । उदघाटन पछि बिभिन्न पहिरणका झाँकीसहितको र्याली बालकुमारी, दुईपोखरी, बाहखा बजार, नगदेश बोडे हुदैँ थिमिको ऐतिहासिक एवं धार्मिक महत्व रहेको कुमारी मन्दिर परिसरमा गएर नृत्य महोत्सवमा परिणत भएको हो ।
नेवार, थारु, मैथली, भोजपुरी, लगायत देशका विभिन्न ४० स्थानबाट आएका कलाकारहरुले आफ्नो मौलिक नृत्य प्रस्तुत गरेको सो कार्यक्रममा स्थानिय परम्परागत नृत्य गुरु श्रीगोपाल प्रजापति र वरिष्ठ नेत्य गुरु भैरव बहादुर थापालाई नगद पुरस्कार सहित विशेष सम्मान गरेको छ ।
कार्यक्रममा बोल्दै मध्यपुरथिमि नगरपालिकाका प्रमुख श्रेष्ठले धार्मिक, साँस्कृतिक एवं ऐतिहासिक महत्व बोकेको मध्यपुरथिमि नगरपालिकाको बोडेस्थित कुमारी पार्कमा नेपालकै प्रथम राष्ट्रिय नृत्य दिवसको आयोजना गर्न पाउनु आफैमा गौरब भएको बताउनु भयो ।
उहाँले दुई वर्ष अगाडिसम्म फोहोर फाल्ने डम्पिङ् साइडको रुपमा रहेको यो क्षेत्रमा वर्षको एक पटक बिस्का जात्रामा मात्रै जात्रा सञ्चालन गर्न आउने गरिएकोमा नगरपालिकाले यसलाई संरक्षण गरि कुमारी पार्कको रुपमा बिकास गरेपछि आज दैनिक यो क्षेत्र हेर्न, घुम्न आन्तरिक पर्यतकको संस्था बढ्न थालेकोे र म्युजिकि भिडियोको छायांकन समेत हन थालेको देखेर आफू जनप्रतिनिधि भएर समय खेर नगएको महसुस भएको उहाँले बताउनु भयो ।
नृत्य निर्देशक संघ नेपालका केन्द्रीय अध्यक्ष भुवनदास श्रेष्ठले नेपालमै पहिलो पटक राष्ट्रिय नृत्य दिवस मनाउन यस फागुन ०६ गतेबाट सुरु भएको र यसलाई मध्यपुरथिमि नगरपालिकाले सहयोग गरेकाले हरेक वर्ष मनाइने यो दिवसमा यस नगरपालिकालाई बिर्सन नसक्ने बताउनु भयो ।
सो कार्यक्रममा देशभरका ५४० जना नृत्य निर्देशक एवं कलाकारहरुसँगै प्याब्सन अन्तर्गत मध्यपुरथिमिका बिभिन्न बिद्यालयबाट आएको बिद्यार्थीहरुको सहभागिता रहेको थियो ।
0 comments: